Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

यातायात व्यवस्था कार्यालय नजिकैको चक्रपथ सडकमा आकाशे पुल कुसुन्तीको निर्माण


यातायात व्यवस्था कार्यालय नजिकैको चक्रपथ सडकमा आकाशे पुल कुसुन्तीको निर्माण

काठमाडौं, भदौ १७ । ललितपुर महानगरपालिकाले कुसन्तीस्थित चक्रपथमा लिफ्ट र शौचालय सहितको अत्याधुनिक अपाङतामैत्री आकाशे पुल निर्माण गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागले गत आइतबार ललितपुर महानगरलाई पैदल यात्रुका लागि सडक वारपार गर्न आकाशे पुल निर्माणका लागि स्वीकृति दिएको थियो । विभागको स्वीकृतिपछि महानगरपालिकाले आकाशे पुल बनाउने योजना अघि बढाएको मेयर चिरीबाबु महर्जनले बताएका छन् ।

महानगरपालिकाले एक वर्षअघि नै पुल निमार्णका लागि मन्त्रालयलाई स्वीकृतिका लागि पत्राचार गरे पनि मन्त्रालयले अहिलेसम्म अनुमति दिएको थिएन ।अब मन्त्रालयको स्वीकृति पाएसँगै पुल निर्माणका लागि बाटो खुला भएको मेयर महर्जनले बताए । उनका अनुसार एक केही दिनभित्रै महानगरपालिकाले पुल निर्माणका लागि टेन्डर आह्वान गरे । मेयर महर्जनले चक्रपथको उक्त स्थानमा सडक वारपार गर्न आकाशे पुल अत्यावश्यक भएकै कारण महानगरले योजना अघि सारेको बताएका छन् ।

त्यहाँ सुरक्षाका दृष्टिकोणले संवेदनशील भएकै कारण हामीले आकाशे पुल बनाउने योजना बनायौँ । तर लामो समयसम्म मन्त्रालयले योजना अघि बढाउन स्वीकृत दिएन, उनले भने, तर अब ढिलो हुँदैन । नले सो स्थानमा सडक दुर्घटना भएर गएको एक वर्ष मै कम्तीमा ६ जनाको ज्यान गइसकेको बताएका छन् । आकाशे पुल कुसुन्तीको यातायात व्यवस्था कार्यालय नजिकैको चक्रपथ सडकमा निर्माण गरिने ।शौचालयको समेत व्यवस्था हुने यो पुल टफन ग्लासबाट निर्माण गरिनेछ ।

यो ग्लास पारदर्शी हुन्छ । मेयर महर्जनले यस्तो सामग्री प्रयोग गरेर महानगरले निर्माण गर्ने यो पुल नै उपत्यकाकै पहिलो हुने बताए । आकाशे पुल त धेरै छन् तर ती पुलहरु अपाङगतामैत्री, ज्येष्ठ नागरिकमैत्री छैनन्, बिरामी, अशक्तले प्रयोग गर्न सक्ने पुल बनेका छैनन्, पुल चढेपछि थकाई लाग्छ । तर यो पुलबाट सडक वारपार गर्दा थकाई लाग्दैन, उनले भने ।