Tuesday, December 23, 2025

२०८२ पुष ८, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

‘खल्ती’को ‘कार सुरक्षा’ प्याकेज सार्वजनिक


‘खल्ती’को ‘कार सुरक्षा’ प्याकेज सार्वजनिक

काठमाडौँ ।  डिजिटल वालेट ‘खल्ती’ले ‘कार सुरक्षा’ प्याकेज सार्वजनिक गरेको छ। राजधानीमा जारी नाडा अटो शोको अवसरमा विभिन्न कारसम्बन्धी सेवा सुविधाहरू प्रदान गर्ने यस प्याकेजका लागि वार्षिक रु ९९९ मात्र शुल्क लाग्ने छ।

प्रयोगकर्ताहरूले रु २० हजारभन्दा बढीको आफ्नो कार सम्बन्धी सेवाहरू साथै खल्तीका थप आकर्षक सुविधाहरूको लाभ लिन सक्ने कम्पनीले जनाएको छ । सवारी सम्बन्धी विभिन्न सामग्रीहरूका साथ निःशुल्क ब्लुबुक नवीकरण सेवा, निःशुल्क हरियो स्टिकर सेवा, आपत्कालीन रोड साइड सहायता र नवीकरणका कागजात डेलिभरी समावेश भएको ‘कार सुरक्षा’ सब्स्क्राईब गर्दा प्रयोगकर्ताहरूले विभिन्न सवारीसाधन सेवा प्रदायकहरूमा ५० प्रतिशत सम्मको छुट पनि प्राप्त गर्न सक्नेछन् ।