काठमाडौं । स–शुल्क टिकट काटेर धरहरा चढ्नेको सङ्ख्या ६ हजार नाघेको छ । एक साताको अवधिमा ६ हजार ९२८ जनाले स–शुल्क टिकट लिएर धरहरा चढेको धरहरा सञ्चालन इकाई कार्यालय प्रमुख महेश राईले जानकारी दिए ।
हाल दैनिक औसत १२०० जनाको सङ्ख्यामा स–शुल्क टिकट लिएर धरहरा चढ्ने गरेको राईको भनाई छ । सरकारले मङ्सिर १० गतेदेखि स–शुल्क धरहरा सञ्चालनमा ल्याएको छ । दैनिक एक हजार २५० को सङ्ख्यामा चढ्न पाउने व्यवस्था गरेको छ ।