Thursday, July 03, 2025

२०८२ असार १९, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

फोन पे को सुपरयात्रा अभियान– म्याकबुक एयर जित्ने अवसर


फोन पे को सुपरयात्रा अभियान– म्याकबुक एयर जित्ने अवसर

काठमाडौं,फोन पे ले फोनपे सुपरयात्रा नामक नयाँ अभियान सञ्चालन गरेको छ। उक्त अभियानको उद्देश्य मोबाइल बैंकिङ एपद्वारा एयरलाइन टिकट खरिद गर्दा ग्राहकहरूबीच डिजिटल भुक्तानीको सहजतालाई झल्काउनु रहेको कम्पनीको दाबी छ। सुपरयात्रा अभियान असोज १७ गतेदेखि कात्तिक ११ गतेसम्म लागु हुनेछ।यस अभियान अन्तर्गत एक भाग्यशाली ग्राहकले उपहार स्वरुप म्याकबुक एयर प्राप्त गर्ने कम्पनीले बताएको छ।

नयाँ ग्राहकहरूले प्रोमो कोड सुपरयात्रा २०० प्रयोग गरी आफ्नो पहिलो एयरलाइन्सको टिकट खरिद गर्दा २०० रुपैयाँ क्यास ब्याक पाउने छन्।यस अभियानमा सहभागी हुन ग्राहकहरूले तोकिएको अभियान अवधिमा मोबाइल बैंकिङ एपद्वारा कम्तीमा एउटा एयरलाइन्स टिकट खरिद गर्नुपर्नेछ। यस अभियानले मोबाइल बैंकिङ एपद्वारा एयरलाइन्स टिकटहरू खरिद गर्ने सहजतालाई मनाउनुको साथै यस चाडपर्वको घडिमा अधिकांश ग्राहकहरूको यात्रामा थप ऊर्जा थप्ने लक्ष्य पनि राखेको कम्पनीले बताएको छ।