Friday, June 06, 2025

२०८२ जेष्ठ २४, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सिटिजन लाइफको आईपीओ बाँडफाँट, कति जनाको हात पर्याे?


सिटिजन लाइफको आईपीओ बाँडफाँट, कति जनाको हात पर्याे?

काठमाडौं, भदौ २८ । सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलको कार्यालयमा इन्स्योरेन्सको आईपीओ बाँडफाँट भएको हो। इन्स्योरेन्सले भदौ १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर २४४ रुपैयाँमा ९० लाख कित्ता शेयर निष्काशन गरेको थियो।

निष्काशन अवधिमा इन्स्योरेन्सको आईपीओमा १५ लाख ८४ हजार ५९७ जनाले कुल १ करोड ७५ लाख ६८ हजार ७५० कित्ता शेयरका लागि आवेदन दिएका थिए। सोमध्ये १४ लाख ७ हजार २३७ आवेदन स्वीकृत भएको छ। मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियाद्वारा आईपीओ बाँडफाँट गरिएको छ। यस अनुसार ९ लाख आवेदकले १० कित्ताका दरले इन्स्योरेन्सको शेयर प्राप्त गरेका छन्।