Sunday, November 09, 2025

२०८२ कार्तिक २४, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बढ्दो बैंकप्रतिको भ्रमका विषयमा बोल्यो राष्ट्र बैंक, भन्योःसर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित छ


बढ्दो बैंकप्रतिको भ्रमका विषयमा बोल्यो राष्ट्र बैंक, भन्योःसर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित छ

काठमाडौँ — नेपाल राष्ट्र बैंकले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको जनाएको छ । राष्ट्र बैंकले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको भन्दै बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकोले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको दाबी गरेको हो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिँदा र निरीक्षण—सुपरिवेक्षण गर्दासमेत सर्वसाधारणको निक्षेपको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्ने जनाएको छ । राष्ट्र बैंकले बैंकिङ जस्तो सवेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रमित गर्न दुष्प्रचार गर्ने कार्यको पछाडि नलागी सम्बद्ध लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई ढुक्कसँग नियमित रूपमा बैंकिङ कारोबार गर्न अनुरोध गरेको छ ।

प्रत्यक्ष नियामकीय तथा सुपरिवेक्षकीय दायरामा रहेका बैंक तथा वित्तीय संस्थाहरूको सञ्चालन तथा स्थायित्वका सम्बन्धमा हाल केही व्यक्तिरसमूहले दिएको भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति राष्ट्र बैंकको गम्भीर ध्यानाकर्षण भएको छ । बैंकिङ क्षेत्र अर्थव्यवस्थाको मेरुदण्ड रहेको समेत राष्ट्र बैंकले जनाएको छ ।

नेपालको अर्थतन्त्रको दिगो विकासमा सहयोग पुर्‍याउन मूल्य र शोधनान्तर स्थिरता कायम गर्दै समग्र बैंकिङ तथा वित्तीय क्षेत्रको स्थायित्व कायम गरी सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्न यस बैंकलाई कानुनले स्पष्ट जिम्मेवारी दिएको छ ।

कानुनबमोजिम राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरू अन्तर्राष्ट्रिय बैंकिङ सिद्धान्त तथा असल अभ्यासहरू समेतका आधारमा राष्ट्र बैंकले दिएको निर्देशनको अधीनमा रही सञ्चालनमा रहने तथा ती संस्थामा यस बैंकबाट नियमित रूपमा निरीक्षण र सुपरिवेक्षण हुने गरेको समेत जनाएको छ ।


बैंक तथा वित्तीय संस्थामा यी परिसूचकहरू तथा कर्जा, संस्थागत सुशासन लगायतका विषयमा कुनै समस्या देखिएमा यस बैंकले समय समयमा आवश्यक निर्देशन दिई सुधार गराउँदै आएको जनाएको छ ।