Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

४७ अंकले बढेको सेयर बजार २१०० अंकमा रोकियो


४७ अंकले बढेको सेयर बजार २१०० अंकमा रोकियो

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसुचक ४७ अंकले बढेको छ । आज २.२९ प्रतिशतले बढेको सेयर बजार २१ सय दशमलव ४३ विन्दुमा पुगेर रोकिएको हो । आज बजार खुलेको केही मिनेटमै नेप्से ४ प्रतिशतले बढेपछि सर्किट ब्रेकरमार्फत २० मिनेटका लागि कारोबार रोकिएको थियो ।

फेरि २० मिनेटपछि खुलेको सेयर बजार ५ प्रतिशतले बढेको थियो । दोस्रो घण्टामा ५ प्रतिशतले बजार बढेपछि ४० मिनेटका लागि कारोबार रोकिएको थियो । खुलेको बजार ६ प्रतिशतले बढेको खण्डमा तेस्रो सर्किट ब्रेकरमार्फत आजका लागि कारोबार बन्द हुने थियो । बजार नबढ्दा दिनभर कारोबार भयो ।

आज १ करोड १६ लाख ४५ हजार ९ सय ५ कित्ता सेयर किनबेच भएको छ । आज कुल ४ अर्ब ५७ करोड ६८ लाख रुपैयाँको कारोबार भएको हो । सबै उपसमूहहरु बढ्यो । त्यसमध्ये सबैभन्दा बढी निर्जिवन बिमा २५३.९९ अंकले बढ्यो । जीवन बिमा २१३.३६ अंक र उत्पादन तथा प्रशोधन २०९.८० अंकले बढ्यो ।

आज कुल २२७ कम्पनीको सेयर मूल्य बढ्यो भने १७ कम्पनीको सेयर मूल्य घट्यो । ३ कम्पनीको सेयर मूल्य स्थिर रह्यो । आज हिमालय डिस्टिलरीको सेयर मूल्य ८.५४ प्रतिशतले बढ्यो । समाज लघुवित्त वित्तीय संस्थाको मूल्य ६.९६ प्रतिशतले बढ्यो । उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.४६ प्रतिशतले घट्यो ।