Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

राष्ट्र बैंक २० अर्बको ट्रेजरी बिल बिक्री गर्दै


राष्ट्र बैंक २० अर्बको ट्रेजरी बिल बिक्री गर्दै

काठमाडौं, भदौ १८ । नेपाल राष्ट्र बैंकले २० अर्ब ४ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्रीका लागि बोलकबोल गरेको छ । परिपक्व अवधि सकिएका ट्रेजरी बिल पुनः बिक्रीका लागि राष्ट्र बैंकले बोलकबोल आह्वान गरेको हो । सूचनामा २० अर्ब ४ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल भुक्तानी गर्ने उल्लेख छ । जसअनुसार ५ अर्ब रुपैयाँको २८ दिने, ६ अर्ब ४ करोड ५० लाख रुपैयाँको ९१ दिने, ७० करोड रुपैयाँको १८२ दिने र २ अर्ब रुपैयाँ बराबरको ३ सय ६४ दिने ट्रेजरी बिलका लागि बोलकबोल मागिएको छ ।

ट्रेजरी बिलका लागि राष्ट्र बैंकले सोमबार दिउँसो ३ बजेसम्म बोलकबोल गर्न आग्रह गरेको छ । मंगलबार ट्रेजरी बिल जारी वितरण गरिनेछ । पछिल्लो पटकको बोलकबोलमा ६.२० प्रतिशत भारित औसत ब्याजदर तय भएको छ । बैंक तथा वित्तीय संस्थाले सबै भन्दा बढी ६.४९ प्रतिशत र सबै भन्दा कम ४.८२ प्रतिशत ब्याजदरमा बोलकबोल गरेका थिए ।

राष्ट्र बैंकले यसअघि आन्तरिक ऋण संकलन गरेकोमध्ये परिपक्व अवधि पुगेका ट्रेजरी बिल पुनः विक्री गरिरहेको छ । सोही क्रममा सरकारले केही ट्रेजरी बिलको पैसा भुक्तानी गरेको छ भने केहीको पुनः बिक्री गरिएको हो ।