Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

दैनिक आयात गरिने सुनको कोटा दोब्बर पुर्‍याइयो


दैनिक आयात गरिने सुनको कोटा दोब्बर पुर्‍याइयो

काठमाडौं, असोज ५ । नेपाल राष्ट्र बैंकले दैनिक आयात गरिने सुनको कोटा दोब्बर बनाएको छ । राष्ट्र बैंकको निर्णयसँगै अब वाणिज्य बैंकहरुले प्रतिदिन २० केजी सुन आयात गर्न पाउने भएको छ । यो भन्दा अघि १० केजी सुन आयात हुँदै आएको थियो । सुन आयातको कोटा दोब्बर बनाउने निर्णय भएको छ।

राष्ट्र बैंक उच्च स्रोतले भन्यो, सरकारको सिफारिसमा बजारमा सुनको आपूर्ति सहज बनाउन यस्तो निर्णय गरिएको हो । यद्यपि राष्ट्र बैंकले कोटा वृद्धिको निर्णय परिपत्र भने गरिसकेको छैन । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुनको आयात कोटा बढाउने निर्णय गर्दै कार्यान्वयको लागि राष्ट्र बैंकलाई पत्रचार गरेको हो।