काठमाडौं,श्रावण ३१ । सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ । बजारमा इन्धनको मूल्य बढेकाले साउन ३१ गतेदेखि लागु हुने गरी सार्वजनिक सवारी साधनको भाडा बढाइएको यातायात व्यवस्था विभागले बताएको छ । विभागका अनुसार यात्रुवाहक सवारी साधनमा ४.७० प्रतिशतले भाडा बढाइएको छ ।
पहाडी बाटोमा संचालन हुने मालवाहक सवारी साधनमा ६.१५ प्रतिशत र तराईको बाटोमा संचालन हुने मालवाहक सवारी साधनमा ६.८३ प्रतिशतले भाडा बढाइएको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।
मंगलबार राती नेपाल आयल निगमको सञ्चालक समिति बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर मूल्य समायोजन गरेको थियो ।