काठमाडौं, भदौ १४ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको धुम्बाराहीमा रहेको हिमाल डेन्टल हस्पिटलबीच बैंकका ग्राहकलाई छुट दिने समझदारी भएको छ । बैंकका कार्डवाहक ग्राहकले हिमाल डेन्टल हस्पिटलमा २० प्रतिशत सम्मको छुट पाउने समझदारी भएको हो ।
यो समझदारीले बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंकले विश्वास व्यक्त गरेको छ । बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने उद्देश्यले समय–समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको बताएको छ ।
हाल बैंकले देशभरमा एक सय ८८ शाखा, एक सय ४८ एटिएम तीन विस्तार काउन्टर तथा ९७ वटा शाखारहित बैंकिङ एकाइद्वारा सेवा दिँदै आएको बताएएको छ ।