Monday, November 25, 2024

२०८१ मंसिर १०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

उच्च अदालत पाटनको आदेशपछि न्युरोडमा फुटपाथ विस्तारको काम अघि बढ्यो


उच्च अदालत पाटनको आदेशपछि न्युरोडमा फुटपाथ विस्तारको काम अघि बढ्यो

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोडमा फुटपाथ विस्तारको काम फेरि अघि बढाएको छ । उच्च अदालत पाटनले फुटपाथ विस्तारको काम अघि बढाउन आदेश दिएपछि काठमाडौं महानगरपालिकाले आज बिहानैदेखि न्युरोडको सडक भत्काएर फुटपाथ विस्तारको काम थालेको हो ।

जुद्ध शालिकदेखि इन्द्रचोकसम्म महानगरले फुटपाथ विस्तारको काम थालेको हो । महानगरले न्युरोडमा फुटपाथ विस्तार र सुधारको काम जेठ ११ गते थालेपछि डिभिजन सडक कार्यालयले अवरोध गरेको थियो । सडक डिभिजन कार्यालयले काम रोक्नका लागि जेठ १३ र १६ गते गरी दुई वटा पत्र महानगरलाई पठाएको थियो ।

डिभिजन कार्यालयले पठाएको पत्र अनुचित भन्दै जेठ २७ गते महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो । उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले आइतबार फुटपाथ विस्तारका लागि महानगरको पक्षमा अन्तरिम आदेश दिएको हो ।