Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

दाउन्नेमा पुनः दुईतर्फी सडक अवरुद्ध


दाउन्नेमा पुनः दुईतर्फी सडक अवरुद्ध

नवलपुर । पूर्वी नवलपरासीको पूर्वपश्चिम राजमार्गको विनयी त्रिवेणी गाउँपालिका—२ दाउन्नेमा भाँसिएको सडक मर्मत गरी केहिछिन एकतर्फी जाम खुले पनि पुनः दुईतर्फी सडक अवरुद्ध भएको छ । बर्षातको कारण माथीबाट लेदो सहितको पहिरो खसेर दुईतर्फी सडक अवरुद्ध भएको हो । पूर्वपश्‍चिम राजमार्गमा २८ गते ५ बजेदेखि सडक अवरुद्ध भएको थियो ।

वर्षाका कारण दिनकै पहिरो जाने र लेदो खसिरहँदा सोचेभन्दा बढी काम गर्न परेकाले समयमा अवरुद्ध सडक खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताए । समयमै काम सकिएन भने जाम भएर रोकिएका सवारी साधनहरुलाई एक—एक घण्टाको अन्तरालमा पास गराउँदै मर्मत गर्ने पौडेलले बताए ।