काठमाडौं । लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन शुक्रबारदेखि सुरु हुने भएको छ । प्रदेशको स्थायी राजधानी दाङको राप्ती उपत्यका देउखुरीमा दिउँसो १ बजेदेखि अधिवेशन सुरु हुने भएको छ । यस अधिवेशनमा आउँदो वर्षका लागि प्रदेश सरकारको नीति तथा कार्यक्रम सम्बन्धी बजेट ल्याइने भएको छ ।
यसका लागि जेठ १५ भित्रमा सरकारले नीति तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकतामा प्रस्तुत गर्नुपर्ने कानुनी निति छ । प्रदेशका सभामुख तुलाराम घर्तीमगरले अधिवेशन सरकारको नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित भए पनि केही अत्यावश्यक विधेयकहरूसमेत पारित गर्ने तयारी गरेको बताएका छन् ।