Tuesday, November 26, 2024

२०८१ मंसिर ११, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

भूकम्प प्रभावितलाई भाटभटेनीको ३५ लाखको चामल


भूकम्प प्रभावितलाई भाटभटेनीको ३५ लाखको चामल

काठमाडौं । रुकुमपश्चिमका भूकम्प प्रभावितहरुको लागि भाटभटेनी सुपर मार्केट प्रालिले खाद्यान्न सहयोग गरेको छ । भाटभटेनीले जिल्ला प्रशासन कार्यालयमार्फत जिल्लाको सानीभेरी र आठबीसकोट नगरपालिकाका प्रभावितलाई सहयोग गरेको हो । भाटभटेनी सुपर मार्केट प्रालिका क्षेत्रीय प्रबन्धक विनोद भट्टराइले दिए ।

जानकारीअनुसार एक हजार ६८० बोरा अर्थात ४२ टन जिरामसिनो चामल सहयोग गरिएको हो । यो चामलको मूल्य ३५ लाख रुपियाँ हो । भाटभटेनीले पहिलो चरणमा प्रधानमन्त्री प्रकोप उद्धार कोषमा एक करोड ११ लाख एक हजार १११ रुपियाँ भूकम्पपीडितको नाममा जम्मा गरिसकेको छ । प्रभावित क्षेत्रमा खाद्यान्न अभाव नहोस् भनेर दोस्रो चरणमा चामल सहयोग गरिएको क्षेत्रीय प्रबन्धक भट्टराईले जानकारी दिए ।