Tuesday, November 04, 2025

२०८२ कार्तिक १९, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अनलाइन जुवा तथा सट्टेबाजीको आरोपमा एक युवक पक्राउ


अनलाइन जुवा तथा सट्टेबाजीको आरोपमा एक युवक पक्राउ

काठमाडौं । अनलाइन जुवा तथा सट्टेबाजीको कारोबार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पाँचथरको मिक्लाजुङ–७ घर भई ललितपुर बस्ने ३७ वर्षीय सुनिल राईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।

उनको ७५ वटा बैंक खाता र १२८ वटा इ–सेवा वालेट रहेको प्रहरीले जनाएको छ। विभिन्न व्यक्तिको नाममा बैंक खाता तथा इसेवा वालेट खोलेर समेत उनले अवैध कारोबार गर्दै आएका थिए। उनको मोबाइलमा बाइनान्स एपसमेत भेटिएको र त्यसमार्फत समेत ६ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार देखिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ। उनीबाट ११ वटा नागरिकता, १५ वटा राहदानी समेत प्रहरीले बरामद गरेको छ।