Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

शिक्षक पदपूर्तिसम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक, कति समयमा कुन तहको परिक्षा ?


शिक्षक पदपूर्तिसम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक, कति समयमा कुन तहको परिक्षा ?

काठमाडौं । शिक्षक सेवा आयोगले आर्थिक वर्ष २०८१—०८२ को शिक्षक पदपूर्तिसम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । वार्षिक कार्यतालिका अनुसार आगामी पुसमा माध्यमिक तहको शिक्षकका लागि विज्ञानपन आह्वान हुनेछ । त्यस्तै निम्न माध्यमिक तहका लागि फागुनमा र प्राथमिक तहका लागि आगामी वैशाखमा विज्ञापन आह्वान गर्ने कार्यतालिका छ ।

पुसमा खुल्ने माध्यमिक तहको विज्ञापनमा फागुन र वैशाखमा परीक्षा सञ्चालन हुनेछ भने फागुन र जेठमै नतिजा समेत प्रकाशित हुनेछ । त्यस्तै निम्न माध्यमिक तहको हकमा वैशाख र असारमा परीक्षा हुनेछ । त्यस्तै प्राथमिक तहको हकमा जेठ र असारमा परीक्षा सञ्चालन हुनेछ भने असारमा नतिजा प्रकाशन हुने कार्यतालिका छ ।

अध्यापन अनुमतिपत्र अन्तर्गत माध्यमिक तहको लागि आगामी साउनमा विज्ञापन आह्वान हुनेछ भने असोजमा परीक्षा हुने कार्यतालिका छ । त्यस्तै निम्न माध्यमिक तहको हकमा भदौमा विज्ञानपन आह्वान हुनेछ, भने कात्तिकमा परीक्षा सञ्चालन गर्नेगरी आयोगले कार्यतालिका सार्वजनिक गरेको हो ।