काठमाडौं । कीर्तिपुर नगरपालिका नगाँउमा रहेको दर्शन बचत तथा ऋण सहकारीले संस्थाको बदनाम गर्न आत्मदाहको गत प्रचार गरिएको जनाएको छ । संस्थाका उपाध्यक्ष तारा तुलाधरद्धारा एक विज्ञप्ती जारी गर्दै कथित संघर्ष समितिका संयोजक कञ्चन महर्जनले शुक्रबार बिहान सहकारी संस्थाका अध्यक्ष दिनेश दर्शनधारीको घरमा ढुंगा मुढा प्रहारगरि आगजनीको प्रयोग गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएको उल्लेख छ ।
अध्यक्ष दर्शनधारी घरमा नभएको मौका छोपि प्रवेशगरेका महर्जनले गेटमा आगजनीगरि घरका सिसा फुटाएको, परिवारका सदस्यलाई अपशब्द प्रयोग गरेको विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, कथित संघर्ष समितिका संयोजकबाटै भएको यस्ता प्रकारका घृणित हर्कतले हामीलाई दुःखित बनाएको छ ।
निवासमा बिहानै प्रवेश गरि महिलामाथि हातपात गर्नु, अपशव्द प्रयोग गर्नु, घरको गेटमा आगजनीको प्रयास गर्नु, ढुङगा हानेर घरका सिसा तोडफोड गर्नु जघन्य अपराध हो । यस्ता हर्कत समस्याको समाधान होइनन् ।
साथै सहकारी संस्था र त्यसका सञ्चालकहरुलाई बदनाम गर्ने उद्देश्यले आत्मदाहको झुटो प्रचार गरेको प्रति यस संस्थाको गम्भीर ध्यानाकर्षण भएको छ । कथित संघर्ष समितिका संयोजक कञ्चन महर्जनको हर्कत स्थानिय छिमेकीको बयान, सीसीटिभि फुटेज र स्थानियले खिचेको भिडिओ विभिन्न सामाजिक सञ्जालमा यत्रतत्र पोष्ट भएकाले संस्थालाई बदनाम आत्मदाहको झुटो प्रसार गरेको विज्ञप्तीमा उल्लेख छ ।
दर्शन बचत तथा ऋण सहकारी संस्था लि.पिडित संघर्ष समितिका संयोजक कञ्चन महर्जनले शुक्रबार बिहान ८ः०५ बजे दर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिनेश दर्शनधारीको कीर्तिपुर नगरपालिका वडा नं.३ स्थित निवासमा ढुङगा मुढा प्रहार गरेको, घरमा आगजनीको प्रयास गरेको भिडिओ सर्वाजनिक भएको थियो ।
घटना लगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । दिनभर प्रहरी निगरानीमा बसेका महर्जनलाई बेलुकीमात्रै छोडिएको कीर्तिपुर प्रहरीले जनाएको छ । सहकारीले आज बिहान विज्ञप्ती जारीगरि सामाजिक मूल्य र मान्यता विपरित भएका यस्ता घटनाको निष्पक्ष छानविन गरि दोषी माथि कडा कारबाही माग गरेको छ । साथै, यस्ता घटना बढ्दै जानु सहकारी संस्था र यस सँग सम्बन्धित अभियान माथि नै प्रहार भएकाले सम्बन्धित निकायको ध्यानाकर्षण गराउछौं ।
संस्थामाथि पटक—पटक आक्रमणको प्रयास हुनु, सञ्चालक समिति तथा कर्मचारीमाथि सांघातिक आक्रमणको प्रयास गर्नु कानुन विपरित भएकाले यस्ता प्रकारका हर्कत तत्काल बन्द गर्न सरोकार पक्षलाई आग्रह गर्दछौं जारी विज्ञप्तीमा भनिएको छ । संस्थाका अध्यक्ष दिनेश दर्शनधारीले एक अन्र्तवार्तामा संयोजक गुनु तामाङ संयोजक रहेको संघर्ष समितिसँग यसअघि भएको सहमतिप्रति ध्यानाकर्षण जनाएका छन् । उनले भने, गुनु तामाङ र कञ्जन महर्जन संयोजक रहेका संघर्ष समितिसँग यसअघि पटक—पटक छलफल र सहमति भएको छ ।
सोहि अनुरुप हामी सम्पत्ति व्यवस्थापनमा जुटेका छौं यहि बीचमा यस्ता घटना घट्नुले दुखित बनाएको छ । संस्थाले बागमती प्रदेशको सहकारी रजिष्टारको कार्यालयमा पेस गरेको बचत फिर्ताको कार्ययोजना अन्र्तगत नियमित रुपमै साना बचतकर्ताको बचत रकम फिर्ता अघि बढाएको छ । गत महिनाबाटै रु पाँचसय देखि पाँच हजारसम्मको बचतफिर्ता गरिरहेको र हाल सम्म १,६७१ जनाको अध्यक्ष दर्शनधारीले बताए ।
साथै, साउन महिनाको १५ गतेबाट दोस्रो चरणको बचतफिर्ता भइरहेको छ । कार्ययोजना अनुसार बचतफिर्ता अघि बढेकाले शेयर सदस्य तथा बचतकर्ताहरुलाई धैर्य गरि दिन उनले आग्रह गरे । पछिल्लो समय बढ्दो आर्थिक तरलताकाबीच संस्थाले समयमै बचतफिर्ता गर्न सकिरहेको छैन् । सम्पुर्ण शेयरसदस्यको बचत फिर्ताका लागि सम्पत्ति व्यवस्थापन समिति, ऋण असुली समिति दिनरात नभनि काम गर्दै आएकाले धैर्यता नै अहिलेको विकल्प हो उनको भनाइ थियो । उनले केहि सञ्चारमाध्ययमले संस्थागत बस्तु स्थिति नबुझि गलत प्रचार गरिरहेको भन्दै दुःख व्यक्त गरे ।