काठमाडौँ — नेपाल भ्रमण रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले आफ्नो भेटवार्तालाई तिव्र बनाएका छन् । भ्रमणको औपचारिक उद्धेश्य केहि नभएपनि उनले आइतबार बिहानैबाट भेटवार्तालाई तिव्र दिएका हुन । आज स्वदेश फर्किने तयारीमा रहेका विदेश सचिव मिस्त्रीले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटवार्ता गरेका छन् । अर्थ मन्त्रालयमा भएको भेटका अवसरमा दुई जनाबीच आर्थिक तथा विकास सहायता,चालू आयोजनाहरुको तीव्रता, दुई देशबीचको आपसी सम्बन्ध लगायतका विषयमा छलफल भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।
यसैबीच, उनले आजै नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । अध्यक्ष दाहाल निवास खुमलटारमा भएको भेटमा दुई देशको आपसीहितका विषयमा कुराकानी भएको अध्यक्ष दाहालका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए।
यसअघि उनले आइतबार राष्ट्रपति, प्रधानमन्त्रीसहित राजनीतिक दलका शीर्ष नेताहरूसँग शिष्टाचार भेटवार्ता गरेका थिए । अघिल्लो महिना मात्र विदेश सचिवको जिम्मेवारी सम्हालेका मिस्री परिचयात्मक भ्रमणका क्रममा नेपाल आएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवास, प्रधानमन्त्री केपी शर्मा ओलीसँग सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय, कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग बूढानीलकण्ठ र प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग खुमलटारमा उनले छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका थिए । भेटवार्तामा नेपाल–भारत सम्बन्धलाई थप बलियो बनाउन द्विपक्षीय सहकार्यलाई जोड दिइएको थियो ।