काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर यस प्रकार तोकेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३१ रुपैयाँ ९४ पैसा, बिक्रीदर १ सय ३२ रुपैयाँ ५४ पैसा कायम भएको छ । युरो मुद्रा १ को खरिददर १ सय ४२ रुपैयाँ ५२ पैसा, बिक्रीदर १ सय ४३ रुपैयाँ १७ पैसा छ ।
यस्तै, पाउण्ड स्र्टलिङ १ को खरिददर १ सय ६५ रुपैयाँ ९६ पैसा र बिक्रीदर १ सय ६६ रुपैयाँ ७२ पैसा कायम भएको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८४ रुपैयाँ ४५ पैसा र बिक्रीदर ८५ रुपैयाँ ८४ पैसा छ, भने साउदी अरबियन रियाल १ को खरिददर ३५ रुपैयाँ १७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३३ पैसा कायम भएको छ ।
कतारी रियल १ को खरिददर ३६ रुपैयाँ २० पैसा र बिक्रीदर ३६ रुपैयाँ ३६ पैसा तोकिएको छ । यूएई दिराम १ को खरिददर ३५ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८ पैसा निर्धारण गरिएको छ । यस्तै, मलेसियन रिंगेट १ को खरिददर २८ रुपैयाँ ४४ पैसा छ, भने विक्रिदर २८ रुपैयाँ ५६ पैसा छ । केन्द्रीय बैंकले तोकेको आजको विनिमय र बिक्रीदरमा वाणिज्य बैंकले केही रकम थप गरेर मूल्य तोक्न सक्ने छन् ।