काठमाडौं । नेपाली उपभोक्ताले आजदेखि आइफोन १६ नेपाली बजारमा किन्न पाउने भएका छन् । एप्पल कम्पनीले ‘आइफोन १६’ सिरिज सार्वजनिक गरेको एक महिनापछि नेपाली बजारमा उपभोक्ताले किन्न पाउने भएको हुन् । ९ सेप्टेम्बरमा अमेरिकाको क्यालिफोर्नियास्थित एप्पल पार्कमा आइफोन १६ सिरिज सार्वजनिक भएको थियो।
नेपालका लागि एप्पलको आधिकारिक विक्रेता जेनेरेसन नेक्स्टका निर्देशक निकिता भिमसरियाले नेपाली उपभोक्ताले आजैदेखि नेपाली बजारमा आइफोन १६ का सिरिजहरू सहज रुपमा देशरभर किन्न पाउने भएका हुन । उनका अनुसार काठमाडौंमा न्युरोडमा जोय स्टोर, इभोस्टो र बबरमहलमा रहेको ओलिभ स्टोरबाट आइफोन १६ का सिरिजहरू किन्न सकिनेछ भने उपत्यका बाहिर पोखराको एमएस ट्रेड, विराटनगरमा अरूण इलेक्ट्रोनिक्स र लक्ष्मी एपस्टोरबाट पनि आइफोन १६ का सिरिजहरू किन्न सकिनेछन् ।