Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

आजकै दिन सन् १९४५ मा नागासाकीमा परमाणु बम प्रहार


आजकै दिन सन् १९४५ मा नागासाकीमा परमाणु बम प्रहार

काठमाडौँ । सन् १९४५ मा आजकै दिन (अगस्ट ९)मा अमेरिकाले जापानी सहर नागासाकीमा परमाणु बम आक्रमण गरेको थियो । त्यसअघि अमेरिकाले जापानको हिरोसिमामा पहिलो पटक परमाणु बम प्रहार गरेको थियो ।

१९४१ को डिसेम्बर ७ मा जापानले पर्ल हार्बरमा बम आक्रमण गरेपछि अमेरिका दोस्रो विश्वयुद्धमा सामेल भएको थियो । बम आक्रमणमा कम्तीमा २३ सय अमेरिकी सैनिक मारिएका थिए । त्यसलगत्तै अमेरिकाले जापानमाथि बदला लिने घोषणा गरेको थियो ।

दोस्रो विश्वयुद्धका दौरान १९४५ अप्रिल ३० मा सोभियत संघको सेनाले जर्मनी कब्जा गरेको थियो । जर्मनीका तानाशाह हिटलरले आत्महत्या गरेपछि मे ८ मा जर्मनीले आत्मसमर्पण गरेको थियो । जर्मनीले आत्मसमर्पण गरेसँगै युरोपमा दोस्रो विश्वयुद्ध समाप्त भएको थियो । तर, एसियामा जापानले भने लडाइँ जारी राखेको थियो ।

कमजोर भइसकेको जापान पराजित हुने अवस्थामा पुगिसकेको थियो । तर आत्मसमर्पण गर्न अस्वीकार गरेको जापानलाई बदला लिने नियतसहित अमेरिकाले हिरोसिमामा ‘लिटिल ब्वाई’ परमाणु बम प्रहार गरेको थियो । त्यसलगत्तै आत्मसमर्पणका लागि गरेको आग्रह जापानले अस्वीकार गरेपछि अमेरिकाले नागासाकीमा ‘फ्याट म्यान’ बम खसालेको हो । जापानले त्यसको ६ दिनपछि आत्मसमर्पण गरेको थियो । दुईवटा बम आक्रमणका कारण कम्तीमा दुई लाख १० हजार जनाको ज्यान गएको थियो ।