Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सेयर बजारमा थप उत्साह, बजार ३ हजार अंकमा


सेयर बजारमा थप उत्साह, बजार ३ हजार अंकमा

काठमाडौं । सेयर बजारमा थप उत्साह बढेको छ । आज बिहीबार कारोबारका क्रममा साढे ११ बजे सेयर बजारले ३ हजार अंक नाघ्यो । अघिल्लो दिनको तुलनामा यो समयसम्म नेप्से ५२ अंक बढेर ३००९ मा कायम भएको थियो । त्यस्तै कारोबार रकममा पनि उच्च वृद्धि देखिएको छ । आधा घण्टामै ५ अर्ब १० करोडको कारोबार भएको छ ।

१६६ कम्पनीको मूल्य बढ्दा ७१ को घटेको छ भने ६ को स्थिर रहेको छ। सुरुआती समयमा बैंकिङ समूहले बजारलाई उचालेको छ । ११ : ३० बजेसम्म बैंकिङ समूहको सूचक ४.६, विकास बैंक १.५, फाइनान्स १.४, होटल तथा पर्यटन १.९, हाइड्रोपावर १.३, लगानी १.३, उत्पादन ०.६, माइक्रोफाइनान्स ०.४, निर्जीवन बीमा १.८ प्रतिशत बढेका छन् । जीवन बीमा ०.१ तथा अन्य ०.९ प्रतिशत घटेका छन् । कारोबार रकमका आधारमा अपी पावर, कुमारी बैंक, हिमालयन रि, चन्द्रागिरि हिल्स तथा सिंगटी हाइड्रो क्रमशः अगाडि देखिएका छन् ।