Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नरेन्द्र मोदीको तेस्रो कार्यकालको पहिलो बजेटः नेपाललाई ११ अर्ब २० करोड अनुदान


नरेन्द्र मोदीको तेस्रो कार्यकालको पहिलो बजेटः नेपाललाई ११ अर्ब २० करोड अनुदान

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको पहिलो बजेट आज सार्वजनिक भएको छ । वित्तमन्त्री निर्मला सीतारमणले वित्त वर्ष २०२४—२५ को बजेट सार्वजनिक गरेकी हुन् । भारतको नियमित बजेट फेब्रुअरीमा आउँछ । नयाँ सरकार गठनपछि मंगलबार पूर्ण बजेट ल्याइएको हो ।

यस बजेटमा नेपालले पाउने अनुदान गत फेब्रुअरीमा तोकिएकै हाराहारी अर्थात ७ अर्ब भारु (नेरु ११ अर्ब २० करोड) रुपैयाँ राखिएको छ । वित्त वर्ष २०२३—२४ मा सुरु विनियोजन ५ अर्ब ५० करोड गरेको भारतीय सरकारले अनुदान संशोधन गरी ६ अर्ब ५० करोड भारु अनुदान दिएको थियो ।

वित्त वर्ष २०२२—२३ मा भने भारतले ४ अर्ब ३४ करोड भारु अनुदान नेपाललाई दिएको हो । भारतले छिमेकी मुलुकहरूलाई दिने अनुदान बजेटमै उल्लेख गरी सार्वजनिक गर्दै आएको छ । जसमा नेपाल, भुटानसहित बंगलादेश, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, मंगोलियालाई अनुदान दिने गरी बजेट विनियोजन गर्ने गरेको छ । धेरै अनुदान पाउनेमा भुटान र नेपाल नै रहने गर्छन् ।