Sunday, May 05, 2024

२०८१ बैशाख २३, आईतवार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आजदेखि सुरु


लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आजदेखि सुरु

दाङ । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आजदेखि सुरु हुनेभएको छ । आज दिउँसो ३ बजे प्रदेशसभा बैठक बस्ने प्रस्तावित कार्यसूचि रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।

उनका अनुसार आजको बैठकमा सभामुखले प्रदेशसभाको अधिवेशन आह्वानसम्बन्धीे, मौजुदा मन्त्रिपरिषद्मा नियुक्ति र कार्यविभाजन सम्बन्धीे र विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ ।

यस्तै दलको तर्फबाट प्रदेशसभा सदस्यले शुभकामना व्यक्त गर्नुहुने कार्यसूचि पनि रहेको छ । यस्तै यही फागुन १९ गते प्रदेशसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।