Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

परम्परागत धानको जात संरक्षण


परम्परागत धानको जात संरक्षण

गण्डकी । पोखरा महानगरपालिका क्षेत्रमा ६० प्रतिशतभन्दा बढी धान रोपाइँ भएको छ । पोखरामा करिब ११ हजार दुई सय हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएकामा ६० प्रतिशतभन्दा बढी रोपाइँ सकिएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए ।

पोखराका विशेषगरी पामे, कुँडहर, सिसुवा, पटनेरी, मालमुल, गगनगौडा, अर्मला, सुरौदीलगायत फाँटक्षेत्रमा धानखेती हुने गरेको छ भने माझठाना, खुर्वादी, आँगेटारीलगायतका टारी खेतमा धानखेती गरिँदै आइएको छ । पोखरा आसपासका क्षेत्रमा झण्डै ४० प्रतिशत जेठोबुढो रोप्ने गरिएको र बाँकी विभिन्न उन्नतजातका धान रोप्ने गरिएको कडरियाले जानकारी दिए ।

तथ्याङ्कानुसार पोखरामा वार्षिक ३९ हजार मेट्रिक टन धानको उत्पादन हुने गरेको छ । पछिल्ला वर्षमा धानखेती गरिने क्षेत्र घट्दो क्रममा रहे पनि उत्पादकत्व भने वृद्धि भएको जनाइएको छ । उहाँका अनुसार पोखराको बेगनास आसपास क्षेत्रमा रैथाने धानको जातको संरक्षणमा पनि किसानहरूले सक्रियता देखाएका छन् । पछिल्ला वर्षमा चैते धानतर्फ पनि किसान आकर्षित बनिरहेको जनाउँदै उहाँले यस वर्षको चैते धान भित्र्याउने क्रम चलिरहेको जानकारी दिए ।