काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले मनाङ एयर हेलिकप्टरको खराब उडान सुरक्षाका कारण एओसी (एयर अपरेटर सर्टिफिकेट) निलम्बन गरेको छ।तीन महिनाको अवधीमा मनाङ एयरका दुई हेलिकप्टर दुर्घटना भएपछि प्राधिकरणले कम्पनीको एओसि निलम्बन गरेको हो।
लुक्लाबाट उडेको ‘एन-एएनजेु कलसाइन भएको मनाङ एयरको हेलिकप्टर आज बिहान ७:२५ बजे खुम्बुपासाङल्हामु गाउँपालिका, ४ लोबुचेमा दुर्घटना भएको थियो। सो दुर्घटनापछि प्राधिकरणले मनाङ एयरको एओसी निलम्बन गरेको हो।यसअघि जुलाइ ११ मा मनाङको 'नाइनएन एएमभि' कलसाइन हेलिकप्टर सोलुखुम्बुको लिखुपिकेमा दुर्घटना भएको थियो।