Saturday, June 07, 2025

२०८२ जेष्ठ २५, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

रेगुलेशनमा माइक्रोम्यानेजमेन्ट हुँदा शेयर बजारमा गिरावट आयोःअर्थमन्त्री महत


रेगुलेशनमा माइक्रोम्यानेजमेन्ट हुँदा शेयर बजारमा गिरावट आयोःअर्थमन्त्री महत

काठमाडौं,रेगुलेशनमा माइक्रो म्यानेजमेन्ट गरिएको कारण अहिले शेयर बजार घटिरहेको अर्थ मन्त्रीले बताएका छन्। धितोपत्र बोर्डले सोमबारदेखि सुरु गरेको सप्ताहव्यापी लगानीकर्ता सप्ताहको शुभारम्भ सत्रलाई सम्बोधन गर्दै मन्त्री महतले सो कुरा बताएका हुन्।मन्त्री महतले विविध कारणले शेयर बजार घट्दो अवस्थामा रहेको भए पनि आउने दिनमा ती सबै समस्या समाधान हुने बताए। त्यसका लागि केही दिन मै केही महत्त्वपूर्ण निर्णय आउने मन्त्री महतले सङ्केत गरेका छन्।

शेयर बजारमा अझै पनि केही सीमित व्यक्तिको पकड रहेको र उनीहरूले शेयर बजारलाई कतिखेर माथि लैजाने र कति खेर तल लैजाने भन्ने कुरामा सिपालु रहेकोले गर्दा आम सर्वसाधारण लगानीकर्ता भने बिलखबन्दमा पर्ने गरेको महतको भनाई छ। शेयर मार्केटलाई स्वास्थ्यकर बनाउन जरुरी छ। साना साना लगानी कर्ताको सुरक्षा कसरी गर्ने भन्ने विषय मुख्य चिन्ताको विषय हो।

कतिपय इनसाइडर ट्रेडिङका कुरा आउने,सूचनाहरू चुहिने प्रवृत्तिहरू पनि देखिएको छ। त्यसो हुनाले सेबोनले निर्णायक हिसाबले रेगुलेसन भित्र ल्याउनु पर्ने महतले जिकिर गरे।उनले सूचनाको क्षेत्रमा निक्कै ठुलो परिवर्तन भइसकेको अवस्थामा मुलुकमा वित्तीय साक्षरता भने निक्कै न्यून रहेको भन्दै मन्त्री महतले चिन्ता व्यक्त गरेका छन्।