Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

होटल व्यवसायलाई उद्योगसरह सुविधा प्रदान गर्न महासंघको आग्रह


होटल व्यवसायलाई उद्योगसरह सुविधा प्रदान गर्न महासंघको आग्रह


काठमाडौं, भदौ १३। होटल व्यवसायलाई उद्योगले पाउँने सेवा सुविधा प्रदान गर्न नेपाल उद्योग वाणिज्य महासंघले सरकारलाई आग्रह गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई एक पत्र पठाउँदै महासंघले ठूलो पूँजी लगानी भएको, ठूलो रकममा विदेशी मुद्रा भित्र्याउन सफल भई कुल गार्हस्थ्य उत्पादनमा समेत टेवा पुर्‍याएको होटललाई उत्पादन मूलक उद्योगसरहको सुविधा दिन माग गरेको हो।

दिगो पर्यटन र हरित पर्यटन सम्बन्धमा विशेष योगदान पुर्‍याउनको लागि यस क्षेत्रको महत्त्वपूर्ण भूमिका रहने हुनाले यस क्षेत्रलाई विद्युत्‌मा सहुलियत दर, करमा विशेष छुट, विद्युत् खपत नियमावलीमा समेत होटल क्षेत्रलाई विशेष विद्युत् महशुल कायम गराई उद्योगसरह सुविधा उपलब्ध गराइदिन अनुरोध गर्दछौं’ महासंघले पठाएको पत्रमा देखाएको छ।

ऐनमा व्यवस्था भए अनुसार कुल बिक्रीको ५ प्रतिशतभन्दा बढी रोयल्टी शुल्क हुन नपाउने व्यवस्थाका कारण विदेशी लगानी नेपाल भित्रिन नसकेको महासंघको भा छ । यसलाई सहज बनाइदिन पनि महासंघले सरकारलाई आग्रह गरेको छ ।