Tuesday, June 03, 2025

२०८२ जेष्ठ २१, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कांग्रेसका सांसदहरुले आधा महिनाको तलब भूकम्पपीडितका लागि राहत कोषमा दिने


कांग्रेसका सांसदहरुले आधा महिनाको तलब भूकम्पपीडितका लागि राहत कोषमा दिने

काठमाडौं । कांग्रेसका संघीय संसद्का सदस्यहरूले जाजरकोट भूकम्पबाट पीडितहरूको राहत र पुनर्स्थापनाका लागि आफ्नो आधा महिनाको तलब बराबरको रकम सहयोग गर्ने भएका छन् ।

संसदीय दल कार्यसमितिको आइतबार बसेको बैठकले भूकम्पमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार, उपचार, राहत र पुनर्निर्माणका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।

संसदीय दलका नेता एवम् सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको बैठकले संघीय संसद्का सदस्यहरूका तर्फबाट १५ दिनको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गर्ने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

कांग्रेसका प्रतिनिधिसभामा ८८ जना र राष्ट्रिय सभामा १० जना गरी ९८ जना सांसद छन् । कांग्रेसले भूकम्पमा परी घाइते भएकाहरूको स्वास्थ्य लाभकोकामना समेत गरेको छ ।