Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

दर्शन सहकारीः भित्र साना बचतकर्ताको पैसा फिर्ता, बाहिर संघर्ष समितिको धर्ना र नाराबाजी


दर्शन सहकारीः भित्र साना बचतकर्ताको पैसा फिर्ता, बाहिर संघर्ष समितिको धर्ना र नाराबाजी

काठमाडौं । दर्शन बचत तथा ऋण सहकारी संस्थाको कीर्तिपुर स्थित कार्यालयमा आजभोली फरक आन्दोलन भइरहेको छ । केहि समय अघि बचतफिर्ताको माग गर्दै आन्दोलन गरिरहेको संघर्ष समितिले अहिले बचतफिर्ता रोक्न माग गर्दै कार्यालय सञ्चालनमा अबरोध गरिरहेको संस्थाका सिइओ सुर्वन महर्जनले बताए । बचत फिर्ता कार्ययोजना अनुसार सहकारी संस्थाले अहिले ५ हजारदेखि ५० हजारसम्मका साना बचतकर्ताको रकम फिर्ता गरिरहेको सिइओ महर्जनको भनाई छ । साना बचतकर्ताको रकम फिर्ता भईरहदा ठुला बचतकर्ताले कार्यालयमा धर्ना दिइरहेका हुन ।


उनले, भने ‘संस्थामा आर्थिक संकटकाबीच ५ सयदेखि ५ हजारसम्म २५ सयबढी बचतकर्तालाई रकम वितरण गरिरहेको र असोज अन्तिमबाट ५ हजारदेखि ५० हजारसम्मका बचतकर्तालाई रकम फिर्ता गरिरहेको छ । तर, कञ्चन महर्जन नेतृत्वको संघर्ष समितिले आफुहरुलाई पनि रकम दिन माग गर्दै बचतफिर्ता रोक्न दवाव दिइरहेको सिइओ महर्जनको भनाई छ ।

असोज ३० देखि कार्ययोजना अनुसार दोस्रो चरणको बचत फिर्ता सुरु गर्दै आइरहेको सहकारी विरुद्धमा कञ्चन नेतृत्वको संघर्ष समितिले धर्ना दिइरहेको हो । उनले भने, ठुला बचतकर्तालाई अहिले तत्काल रकम फिर्ता गर्न सकिदैन, साना बचतकर्ताको रकम फिर्ता भइरहेको छ । तर, अबरोध किन हो ? यसले १३ हजारबढी बचतकर्ताको रकम जोखिममा पार्ने अबस्था आउछ ।


महर्जन नेतृत्वको बचत फिर्ता संघर्ष समितिले आइतबार, सोमबार, मंगलबार र बुधबारपनि कार्यालय सञ्चालनमा अबरोध गरेको संस्थाका सचिव यशोदा राईले बताइन् । उनले भनिन्, हामीले कार्ययोजना अनुसार रकम विवरणलाई नियमित गरिरहेको अबस्थामा सो समुहले सोमबार थप अराजक देखाएको र आजपनि कार्यालय सञ्चालनमा अबरोध गरिरहेको    छ । दर्शन सहकारीको कार्यालयभित्र साना बचतकर्ताको रकम फिर्ता भईरहदा बाहिर भने ठुला बचतकर्ताहरुले धर्ना दिइरहेका छन् ।

संस्थाका सचिव राईले संस्थामा आर्थिक समस्या हुँदा पनि साना बचतकर्ताको रकम नियमति फिर्ता भइरहेको बताइन् । सम्पत्ति व्यवस्थापन भइरहेकाले ठुला बचतकर्ताको रकम पनि फिर्ता हुने तर, केहि समय लाग्ने