काठमाडौँ । बिहीबार एकैदिन ४ हजारले घटेको सुनको भाउ शुक्रबार भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ प्रतितोला १ लाख ६६ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
यसअघि बिहीबार सुनको भाउ १ लाख ६४ हजार ५ सय रुपैयाँ थियो । बुधबार भने सुनको भाउ १ लाख ६८ हजार ५ सय रुपैयाँ थियो । नेपाली बजारमा सुनको भाउ कात्तिक १५ गते अहिलेसम्म महँगो १ लाख ७१ हजार रुपैयाँ थियो ।
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी भएसँगै बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको थियो । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार बिहीबार सुनको मूल्य तीन हप्तायताकै तल्लो विन्दुमा पुगेको छ ।
ट्रम्पको जितसँगै अमेरिकी डलर बलियो भएका कारण सुनको मूल्य घटेको हो । शुक्रबार चाँदीको भाउ पनि बिहीबारको तुलनामा २० रुपैयाँले बढेको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १ हजार ९ सय ६० रुपैयाँ तोकिएको छ।