Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपालका लागि सिट्रोन गाडीको नयाँ ईसी ३ को बुकिङ सुरू


नेपालका लागि सिट्रोन गाडीको नयाँ  ईसी ३ को बुकिङ सुरू

काठमाडौं । नेपालका लागि सिट्रोन गाडीको नयाँ  ईसी ३ को बुकिङ सुरू भएको छ। आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले सोमबारदेखि विद्युतीय सी३ को बुकिङ खुला गरेको हो । कम्पनीका अनुसार सिट्रोन ईसी ३ सन् २०२३ को जुलाईमा  नेपालमा सार्वजनिक गरिनेछ। सिट्रोन ईसी  सार्वजनिक ३ नेपालमा सार्वजनिक हुने पहिलो युरोपियन स्ट्यान्डर्ड इभी हो।

सार्वजनिक भएसँगै कम्पनीले गाडी डेलिभर गरिदिने बताएको छ।  नयाँ सिट्रोन ईसी३ लाइभ फिल विथ प्याक भाइभ गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ। यसको सुरुआती बजार मूल्य क्रमश ३२ लाख ९९ हजार र ३४ लाख ९९ हजार रूपैयाँ तोकिएको छ। गाडी बुकिङ भने १ लाख रुपैयाँमा गर्न सकिने । सिट्रोन ईसी ३ मा ५७ पिएसको विद्युतीय मोटर  १४३ एनएमको टर्क सहितको इन्जिन जडित छ।

यसले सहज र आरामदायी ड्राइभिङको अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ। यो गाडीले एक पटकको पूरा चार्जमा ३२० किलोमिटर रेन्ज दिने बताएको छ। ईसी३ मा भएको उन्नत लिथियमआयन ब्याट्री प्रविधिका कारण यसले १०० प्रतिशत डिसी फास्ट चार्जिङ समर्थन गर्छ। यसमा २९.(२ किलोवाट आवरको ब्याट्री प्याक छ।

जम्मा एक घण्टामै गाडी पूरा चार्ज हुन्छ। यसमा १०.२ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट पाउन सकिन्छ। पाँच सिटर यो एसयुभीमा एन्टी लक ब्रेकिङ प्रविधि दिइएको छ। यो गाडीको लम्बाई ३,९८१ एमएम, चौढाई १,७३३ एमएम र उचाई १,६०४ एमएम छ। गाडीमा ३१५ लिटरको बुट स्पेस दिइएको छ। ह्विलबेस भने २,५४० एमएम रहेको छ। कम्पनीका अनुसार ईसी३ को बुकिङ विर्तामोड, विराटनगर, इटहरी, नारायणघाट, बुटवल, पोखरा र काठमाडौं उपत्यका लगायत नेपालका सात प्रमुख शहरहरूमा रहेका सिट्रोनका सबै आधिकारिक शोरुमहरूबाट गर्न सकिने छ।