Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

दर्शन सहकारी र पीडित सहजिकरण समितिबीच २८ बुँदे सहमति, के छ सहमतिमा ?

बृद्धबृद्धालाई दशैं खर्च विवरण गर्छाैः अध्यक्ष दर्...


दर्शन सहकारी र पीडित सहजिकरण समितिबीच २८ बुँदे सहमति, के छ सहमतिमा ?

काठमाडौं । कीर्तिपुर स्थित दर्शन बचत तथा ऋण सहकारी संस्था र दर्शन सहकारी पीडित सहजिकरण समितिबीच २८ बुँदे सहमति भएको छ । दर्शन साकोसका अध्यक्ष दिनेश दर्शनधारी र समितिका संयोजक गुनु तामाङद्धारा संयुक्तरुपमा जारी विज्ञप्ती अनुसार दुबै पक्षबीच २८ बुँदे सम्झौता भएको हो । दुबै पक्षबीच भएको सम्झौतामा दशैअघि नियमित कार्यालय सञ्चालन गर्ने, बचतकर्ताहरुसँग प्रत्यक्ष भेटि छलफल गर्ने, ऋण असुलिमा सहजिकरण गर्ने तथा सम्पत्ति व्यवस्थापनमा सहयोग गर्ने उल्लेख छ ।

सहमतिमा हस्ताक्षरपछि जारी विज्ञप्तीमा,‘सहकारी संस्थामाथि बढ्दो तरलताका कारण बचतफिर्ताकालागि थप समस्या बढ्दै गएपनि सदस्यहरुको धैयताकाबीच कार्ययोजना अनुसार नै साना बचतकर्ता २५१० जनाको ५ सयदेखि ५ हजारसम्म बचतफिर्ता भइसकेको, अब कार्ययोजना अनुसार ५ हजारदेखि ५० हजारसम्मको बचतफिर्ताको सुरुवात हुने उल्लेख छ ।

त्यस्तै, सहकारी संस्था र संघर्ष समितिबीच एक अर्कालाई सहयोग गरि बचतफिर्ताको वातावरण बनाउने विषयमा सहमति भएको छ । दबै पक्षबीच सहकारीको सम्पत्ति, सञ्चालक तथा ऋणीबाट प्राप्त सम्पत्तिलाई छिटो व्यवस्थापनगरि १३ हजार बचतकर्ताको रकम फिर्ताको सुनिश्चीतता गराउने सहमति भएको संस्थाका अध्यक्ष दिनेश दर्शनधारीले बताए ।

अहिले सञ्चालक समिति र बचतकर्ताबीच प्रत्यक्ष भेट गर्न पनि समस्या भइरहेको छ, हामी जति सक्यो छिटो बचतफिर्ताकालागि सम्पत्ति व्यवस्थापनमा जुटेका छौं, त्यसमा संघर्ष समितिले सहयोग गर्नुपर्छ उनले भने । अध्यक्ष दर्शनधारीले भने, कञ्चन महर्जन नेतृत्वको संघर्ष समितिले विभिन्न बाधा अड्चन बढाइरहेको छ, तर पनि हामी त्यसको सामना गर्दै कार्ययोजना अनुसार बचतफिर्ता गरिरहेका छौं’ ।

उनले भने, केहिदिन अघिमात्रै दर्शन साकोस सचिव यशोदा राईको घरमै पुगेर कञ्चन महर्जन लगायतका संघर्ष समिति सदस्यहरुले गरेको हर्कतमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । डर, त्रास, धाकधम्कीले बचतफिर्ता नहुने भन्दै सहमति र सहकार्यमा आउन दर्शनधारीले आग्रह समत गरे ।
सहजिकरण समितिका संयोजक तामाङले संस्थालाई सहयोग गरे बचत फिर्ताको सुनिश्चीता देखिएकाले आफुहरुले सोहि अनुसार काम गरेको बताए । उनले भने, यसअघि हाम्रो सानो प्रयासले २५१० जना साना बचतकर्ताको रकम फिर्ता भएको र अहिले ५ हजारदेखि ५० हजारसम्मको बचतफिर्ता कार्ययोजना अघि बढेकाले ठुला बचतकर्ताको रकम पनि फिर्ता हुनेमा कुनै आशंका नभएको उनले बताए ।

उनले भने, १३ हजार बचतकर्ताको सवालमा हामी संघर्ष समितिहरु गम्भीर हुन आवश्यक छ । केहि अप्रिय घटना घटे त्यसको जिम्मेवार स्वमय आफै हुनुपर्ने भन्दै व्यक्तीगत स्वार्थकालागि बचतकर्ताको रकमलाई जोखिममा पार्न सकैले पाउदैन । उनले थपे संघर्ष समितिका नाममा धाकधक्की नभइ सहकार्य हुनुपर्छ । केहि दिनअघि मात्रै अर्काे संघर्ष समितिका संयोजक कञ्चन महर्जन सहित केहि बचतकर्ता सचिवको घर घेर्न गएकोमा आक्रोश पोख्दै तामाङले १३ हजार बचतकर्ताको रकम असुरक्षित गर्ने अधिकार आफुहरुमा नभएको बताए । उनले सहकारी संस्थाको सम्पत्ति व्यवस्थापनबाट बचतफिर्ता हुने सुनिश्चीतकाबीच सञ्चालकमाथिनै डर देखाउन थाले थप बचत जोखिममा पर्ने भन्दै त्यस्ता हर्कत बन्द गर्न चेतावनी दिए ।

 

२८ बुँदे सहमति, के छ ?