Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

तीसदिनभित्र दोहोरो पद नछोडे सहकारी सञ्चालकलाई कारबाहि हुने


तीसदिनभित्र दोहोरो पद नछोडे सहकारी सञ्चालकलाई कारबाहि हुने

काठमाडौं । सहकारी विभागले एउटै व्यक्ति दुई वा त्यसभन्दा बढी सहकारी संस्थाको सञ्चालक भए तत्काल पद छोड्न पुनः निर्देशन दिएको छ । विभागले सहकारी ऐन २०७४ को दफा ४१ (५) मा कुनै व्यक्ति एकै समयमा एकमात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने व्यवस्था स्मरण गराउदै ऐनको उक्त प्रावधान कार्यान्वयन गर्न निर्देशन जारी गरिएको हो । सहकारी बैंकको हकमा पनि निर्देशन लागु हुने छ । यो निर्देशन कार्यान्वयन भए–नभएको अनुगमन गरिने र यदि कार्यान्वयन नभएको पाइएमा कानुनबमोजिम कारबाही गरिने पनि विभागले जनाएको छ ।

“सहकारी ऐन, २०७४ को दफा (४१) को उपदफा (५) मा कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने छ भन्ने व्यवस्था रहेकाले सोको पूर्ण परिपालना गर्नु,” विभागको निर्देशनमा उल्लेख छ । कुनै व्यक्ति दुई वा सोभन्दा बढी संस्थाको सञ्चालक रहेको भए यो निर्देशन जारी भएको ३० दिनभित्र एउटा संस्थाको मात्र सञ्चालक पद कायम राखी अन्यको हकमा त्याग गर्नुपर्ने विभागको निर्देशनमा भनिएको छ ।