काठमाडौं । नेपाली कांग्रेससँग सत्ता समीकरणगरि चौथो पटक प्रधानमन्त्री बनेका एमाले अध्यक्ष केपी शर्मा ओलीले केहि नयाँ अनुहार सहित मन्त्रिपरिषद्को नेतृत्व गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले शपथ ग्रहण गरेसँगै २१ जना मन्त्री नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेका थिए । सिफारिस अनुसार राष्ट्रपतिले मन्त्रीहरूलाई नियुक्त गरेपछि सोमबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् ।
ओली नेतृत्वको सरकारमा कांग्रेसबाट १०, एमालेबाट ८, जनता समाजवादी पार्टीबाट २ र लोकतान्त्रिक समाजवादी पार्टीबाट १ गरी २१ मन्त्री समेटिएका छन् । प्रमुख सत्ता साझेदार काँग्रेस प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा सहभागी भएको हो । साना पार्टी जसपा र लोसपाले मात्र सरकारमा स्थान पाएका छन् । नागरिक उन्मुक्ति पार्टी, जसपा र जनमतले ओली सरकारमा स्थान पाएनन् । २५ सदस्यीय मन्त्रिपरिषदमा अब ३ जना राज्यमन्त्री मात्र नियुक्त हुन बाँकी छ ।
कस्तो बन्यो ओली नेतृत्वको मन्त्रिपरिषद्
१.प्रकाशमान सिंह – उपप्रधान एवम् सहरी विकास मन्त्रालय
२.विष्णु पौडेल –उपप्रधान एवम् अर्थ मन्त्रालय
३.पृथ्वीसुब्बा गुरुङ – सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
४.रमेश लेखक – गृह मन्त्रालय
५.शरतसिंह भण्डारी – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
६.आरजु राणा – परराष्ट्र मन्त्रालय
७.प्रदीप पौडेल – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
८.बद्री पाण्डे – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
९.रामनाथ अधिकारी – कृषि तथा पशुपक्षी मन्त्रालय
१०.प्रदीप यादव – खानेपानी मन्त्रालय
११.बलराम अधिकारी – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय
१२.दामोदर भण्डारी – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
१३.नवलकिशोर साह सुडी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
१४.देवेन्द्र दाहाल – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
१५.तेजुलाल चौधरी – युवा तथा खेलकुद मन्त्रालय
१६.अजय चौरसिया – कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय
१७.विद्या भट्टराई – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
१८.मानवीर राई – रक्षा मन्त्रालय
१९.दीपक खड्का – ऊर्जा, सिचाइँ तथा जलस्रोत मन्त्रालय
२०.राजकुमार गुप्ता – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
२१.ऐनबहादुर शाही – वन तथा वातावरण मन्त्रालय