Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

१२ निर्माण कम्पनी तथा आपूर्तिकर्ता कालोसूचीमा


१२ निर्माण कम्पनी तथा आपूर्तिकर्ता कालोसूचीमा

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १२ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कार्यालयको मिति २०६१.०९.१७ गतेको निर्णयअनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम आजबाट लागू हुने गरी १२ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ । उक्त कम्पनीहरूलाई तीन वर्षदेखि न्यूनतम एक वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ । कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।