Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

लघुवित्त कम्पनीहरु बीपीडब्लू र सामुदायिक लघुवित्तको सेयर कारोबार आजबाट रोक्का


लघुवित्त कम्पनीहरु बीपीडब्लू र सामुदायिक लघुवित्तको सेयर कारोबार आजबाट रोक्का

काठमाडौं । काभ्रेको बनेपामा प्रधान कार्यालय रहेका दुई लघुवित्त कम्पनीहरु बीपीडब्लू र सामुदायिक लघुवित्तको सेयर कारोबार रोक्का भएको छ । बिहीबारदेखि यी दुबै कम्पनीको सेयर कारोबार भएको हो । यी संस्थाहरु एकआपसमा गाभ्ने—गाभिने कार्य सम्पन्न भई आजबाट एकीकृत कारोबार सुरु हुने भएपछि सेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ ।

एकआपसमा गाभिएपछि सामुदायिक लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु भएको छ । दुई सातापछि एउटै कम्पनीको नामबाट सेयर कारोबार सुरु हुनेछ ।

डीडीए रिपोर्टको आधारमा १ सेयर बराबर ०.८५३५ कित्ता अनुपातमा यी दुई संस्था मर्ज भएका हुन् । यसको अर्थ तत्कालीन बीपीडब्लू लघुवित्तको १ कित्ता सेयर बराबर नयाँ गाभिएपछि बन्ने सामुदायिक लघुवित्तको ०.८५३५ कित्ता सेयर हुनेछ ।