Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

थामे बाढीले १२ घरसहित स्कुल र क्लिनिक बगायो


थामे बाढीले १२ घरसहित स्कुल र क्लिनिक बगायो

सोलुखुम्बु । थामे खोलामा आएको बाढीका कारण सोलुखुम्बुको खुम्बु पासाङल्हमु गाउँपालिका ५ थामेमा १२ घरसहित स्कुल र क्लिनिकमा क्षति पुगेको छ । बाढीमा एक स्थानीय बेपत्ता भएका छन् ।

दोलखा र सोलुखुम्बुको सिमाना भई बग्ने थामे खोलाको सिरदेखि नै एक्कासी पानीको बहाव बढ्दा थामे १२ घर (होटलसहित) बगाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु प्रहरीले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी देवी खत्री पाण्डेका अनुसार घटनास्थलमा नेपाली सेना र नेपाल प्रहरीको टोलीले उद्धार सुरुगरेको छ । दुधकोशी नदीको तल्लो तटीय क्षेत्र भने खतरामुक्त रहेको छ ।

थामे खोलको शिरमा रहेका हिमताल फुटेर या कुनै पहाड खसेर बाढी आएको हुन सक्ने अनुमान स्थानीयको छ । सिंगो थामेमा बाढी पसेपछि ७ वटा घर अझै जोखिम पूर्ण अवस्थामा छन् । थामेमा सञ्चार र विद्युत् सेवा प्रभावित बनेको छ । बाढीले दुधकोशी नदी बहने सोलुखुम्बु र खोटाङ क्षेत्रका नागरिक त्रसित छन् ।