काठमाडौं । पुर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले नेपालमा बढ्दो राजनीतिक खिचातानीले अन्र्तराष्ट्रिय लगानी कर्ता तथा वित्तीय क्षेत्रमा नकारात्मक प्रभाव परेको बताएका छन् ।
पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका डा.महतले सत्ता स्वार्थका कारण देशको वित्तीय क्षेत्रमा ठुलो प्रभाव परेको बताए । उनले कांग्रेस सहितको नेतृत्वमा बनेको सरकारले अन्र्तराष्ट्रिय वित्तीय साझेदारहरुको विश्ववास जितेको भन्दै सत्ता फेरिएसँगै अवस्था थप कठिन बन्ने दावी गरे ।
उनले राजनीति स्थायीत्वले देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने गरेको भन्दै अहिले विश्वमा नेपालको राजनीतिक चर्चा हुने गरेको बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहालको व्यक्तीगत स्वार्थले देशको राजनीतिक परिवेश बदलिएको बताए ।
उनले विश्व समुदायको सहयोग रोकिए देशको आर्थिक अवस्था कति वेला समस्यामा पर्छ भन्ने भन्न नसक्ने बताए । उनले सत्तासमीकरणले राजनीतिक स्वार्थ पुराभएपनि देशको अर्थतन्त्रमा समस्या बढ्ने जिकिर गरे ।