काठमाडौं, असोज ३। चौधरी ग्रुप अन्तर्गत मिनभवनमा रहेको एल जी ब्राण्डको आफ्नै शोरुम विश्वस्तरिय अपग्रेडपछि पुनः शुभारम्भ गरिएको छ । नयाँ र आधुनिक डिजाइनमा खोलिएको यस शोरुममा एल जी ब्राण्डका घरायसी विद्युतीय सामाग्रीहरु उपलब्ध रहेको छ।
मिनभवनको गोरखा कम्प्लेक्समा २००५ मा नै शोरुम खोलिएको थियो । अहिले त्यही शोरुमलाई नयाँ र आधुनिक डिजाइनमा पुनः सञ्चालन गरेको हो। यो शोरुम हप्ताको सातै दिन विहान १० बजे देखि बेलुका ७ः३० सम्म खुल्ला रहने भएको छ ।
यो शोरुममा रिओपनिङ्गको अवसरमा विशेष छुटका साथै, फ्री गिफ्ट, शून्य प्रतिशत किस्ताबन्दी लगायतको सुविधा रहेको कम्पनीको भनाई छ ।