Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

चाइना साउदर्नद्धारा भैरहवा र पोखरामा उडान गर्ने प्रस्ताव


चाइना साउदर्नद्धारा भैरहवा र पोखरामा उडान गर्ने प्रस्ताव

काठमाडौं । चिनियाँ वायुसेवा कम्पनी चाइना साउदर्नका प्रतिनिधि र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेबीच भेटवार्ता भएको छ । भेटमा चाइना साउदर्नका प्रतिनिधिले भैरहवा र पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा उडान विस्तार गर्न तयार रहेको बताएको थिए ।

एयरलाइन्सका प्रतिनिधिले मन्त्री पाण्डे समक्ष पोखरा र भैरहवामा उडान गर्न उत्साहित रहेको सुनाएका थिए । ४० भन्दा बढी मुलुकमा सेवा दिँदै आएको कम्पनीले अहिले काठमाडौंबाट चिनियाँ सहर ग्वान्झाओमा सिधा उडान गरिरहेको छ ।

प्रतिनिधिले पोखरा र भैरहवा उडानमा सरकारले लिएको नीतिगत सुधारको पहललाई प्रशंसा गरेको समेत मन्त्रालयले जनाएको छ । चाइना साउदर्न एयरलाइन्सले पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने जानकारी गराएपछि मन्त्री पाण्डेले पर्यटकीय राजधानी पोखरा र भगवान गौतम बुद्धको जन्मस्थल भैरहवा उडानका लागि सरकारले स्वागत गर्ने बताएका थिए ।