Tuesday, August 05, 2025

२०८२ श्रावण २१, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

रिलायबल लाइफको आइपिओ सूचीकृत,कति होला पहिलो कारोबार?


रिलायबल लाइफको आइपिओ सूचीकृत,कति होला पहिलो कारोबार?

काठमाडौं, भदौ २७। बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा रिलायबल नेपाल लाइफको आइपिओ सूचीकृत गरेको छ। कम्पनीको कुल ४ करोड कित्ता आइपिओ नेप्सेमा सूचीकृत भएको हो। कम्पनीले सर्वसाधारणलाई निष्कासनमा ल्याएको १ करोड २० लाख कित्ता र कम्पनीका संस्थापकहरूले लगानी गरेको २ करोड ८० लाख कित्ता सहित उक्त परिमाणको सेयर नेप्सेमा सूचीकृत गराएको हो।

कम्पनीले पहिलो कारोबारको लागि १६२ रुपैयाँ २९ पैसादेखि ४८६ रुपैयाँ ८७ पैसाको मूल्य रेञ्ज पाएको छ। यही मूल्य रेञ्जलाई आधार मानेर आइतबारदेखि दोस्रो बजारमा कम्पनीको सेयर कारोबार सुरु हुने । नेप्सेले कम्पनीहरूलाई पहिलो कारोबारको लागि उनीहरूको नेटवर्थको तीन गुणासम्म मुल्य रेञ्ज दिने गर्छ। कम्पनीको कारोबारको लागि संकेत आरएनएलआई रहेको छ।