Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नयाँ सत्ता गठबन्धनले सहकारी संकटकालागि समाधान खोज्दै गर्दा गौतमश्री संकटग्रस्त घोषणा


नयाँ सत्ता गठबन्धनले सहकारी संकटकालागि समाधान खोज्दै गर्दा गौतमश्री संकटग्रस्त घोषणा

काठमाडौं । नयाँ सत्ता समीकरण बनेसँगै सहकारी संस्थामा देखिएका समस्या समाधानलाई पहिलो प्राथमिकता राखिएको छ । मुख्यगरि जनतासँग प्रत्यक्ष सरोकार राख्ने सहकारी संस्थाकोे आर्थिक संकटलाई समाधान गर्न गठबन्धनले राष्ट्र बैंकसँग सस्तो व्याजमा ऋणको व्यवस्थापन गर्ने तयारी गरेको छ । तर, सहकारी संस्थाहरु संकटग्रस्त घोषणा हुने क्रम रोकिएको छैन् ।

मंगलबारमात्रै गौतमश्री बहुउद्देशीय सहकारी संस्था समस्याग्रस्त घोषणा गरिएको छ । सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले १३ चैत मंगलबार सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो । गौतमश्री सहकारी संस्थाले सहकारी एने, नियम, मूल्य र मान्यता विपरीत कार्य गरी बचकर्ता सदस्यको बचत फिर्ता नगरेको सम्बन्धमा कारबाही हुँदा सहकारी ऐन अनुसार समस्याग्रस्त घोषणा भएको मन्त्रालयले जनाएको छ ।

‘सहकारी ऐन, २०७४ को दफा १०४ को उपदफा (१) को खण्ड (क) देखि (च) सम्मको अवस्था विद्यमान रहेको देखिएकोले सहकारी विभागका रजिष्ट्रारको प्रस्ताव सहितको सिफारिसमा सोही ऐनको दफा १०४ को उपदफा (२) बमोजिम उक्त सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानी सम्बन्धी कार्य गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको छ,’ विज्ञप्प्तीमा भनिएको छ ।

डेढ वर्षअगाडि नै गौतमश्रीलाई सहकारी विभागले समस्याग्रस्त घोषणा गर्न सिफारिस गरे पनि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आंशिक रूपमा सञ्चालन गर्न दिने निर्णय गरेको थियो । राजनीतिक संरक्षणमा सहकारीलाई समस्याग्रस्त हुनबाट बचाइएको थियो ।

सहकारी विभागमा सहकारी संस्थाका सेयर सदस्य बचतकर्ताले बचत फिर्ता नपाएको भन्दै उजुरी गरेपछि १९ साउन २०७९ मा विभागले संस्थालाई समस्याग्रस्त घोषणा गर्न सिफरिस गरेको थियो । तर, सहकारी मन्त्रालयले संस्थालाई समस्याग्रस्त घोषणा गर्नेभन्दा पनि पुनः अध्ययन गर्नू भन्दै विभागमा फिर्ता पठाएको थियो ।

विभागले संस्था सञ्चालन गरेर बचतकर्ताको दायित्व फिर्ता गर्न नसक्ने देखिएकाले समस्याग्रस्त घोषणा गर्नुपर्ने भन्दै पुनः दोस्रोपटक पनि मन्त्रालयमा सिफारिस गरेको थियो । तर, मन्त्रालयले समस्याग्रस्त घोषणा गर्नुको साटो आंशिक सञ्चालनको अनुमति प्रदान गरेको थियो । यस अघि ललितपुरमा रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई संकटग्रस्त घोषणा गरेको थियो ।