Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एनसेलले तिर्न बाँकी कर असुल उपर गर्न सरकारलाई राज्य व्यवस्था तथा सुशासन समितिको निर्देशन


एनसेलले तिर्न बाँकी कर असुल उपर गर्न सरकारलाई राज्य व्यवस्था तथा सुशासन समितिको निर्देशन

काठमाडौं । प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिले एनसेलले तिर्न बाँकी कर असुल उपर गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको आज बसेको बैठकले एनसेलको सेयर खरिद विक्री अध्ययन तथा छानविन समितिको प्रतिवेदन समेतलाई आधार मानी प्रचलित कानून बमोजिम राज्यलाई बुझाउनुपर्ने कर रकम असुलउपर गर्न निर्देशन दिएको हो । साथै, बैठकले एनसेलमा लगानी गर्ने विदेशी कम्पनीले हालसम्म लगेको रकमको वितरण राष्ट्र बैङ्कबाट मगाउन पनि निर्देशन दिएको छ ।

यस्तै बैठकले एनसेलको सेयर खरिद विक्री अध्ययन तथा छानविन समितिको प्रतिवेदन नआउन्जेलसम्म सेयर कारोबारका लागि कुनै पनि स्वीकृति तथा सहमति नदिन पनि निर्देशन दिएको छ ।

बैठकले यथाशीघ्र दूरसञ्चार ऐन र नियमावली संशोधन गर्न, वैदेशिक लगानी भएका ठूला कम्पनीको सेयर खरिद बिक्री गर्दा खरिदकर्ताको क्षमता र अनुभव भए नभएको चेकजाँच गर्न समेत सरकार र सम्बद्ध निकायलाई निर्देशन दिएको छ ।