Friday, June 06, 2025

२०८२ जेष्ठ २४, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बालकुमारी घटनाको प्रतिवेदन अध्ययन पछि दोषीलाई कारबाही हुन्छः प्रधानमन्त्री दाहाल


बालकुमारी घटनाको प्रतिवेदन अध्ययन पछि दोषीलाई कारबाही हुन्छः प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले दुईजना युवाको ज्यान जानेगरी गत पुस १३ गते ललितपुरको बालकुमारीमा भएको घटनामा जाँचबुझ आयोगको प्रतिवेदन हेरेर कारबाही हुने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले दोषीलाई कारबाही हुने दावी गरे । उनले उच्चस्तरीय जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन आफूले हेर्न नपाएको बताउँदै हेरेर थप कारबाही अघि बढने स्पष्ट पारे । आजैको संसद बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र रास्वपाले भौतिक मन्त्री प्रकाश ज्वालाको राजीनामा मागेपछि प्रधानमन्त्रीको भनाइ आएको हो ।