Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एकैदिन आठ सय रुपैयाँ घट्यो सुनको भाउ


एकैदिन आठ सय रुपैयाँ घट्यो सुनको भाउ


काठमाडौं, असोज १०। नेपाली बजारमा बुधबार पनि सुन–चाँदीको भाउ घटेको छ।अघिल्लो दिन प्रतितोला ४ सय रुपैयाँ घटेको सुनको मूल्य बुधबार प्रतितोला ८ सय रुपैयाँ घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १ हजार तीन सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।मंगलबार चाँदी प्रतितोला एक हजार चार सय रुपैयाँमा कारोबार भएको थियो। मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला १५ रुपैयाँ घटेको हो