Wednesday, June 25, 2025

२०८२ असार ११, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले आज आइपीओ निष्काशन गर्ने


सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले आज आइपीओ निष्काशन गर्ने

काठमाडौं, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले आज देखि सर्वसाधारणका लागि प्राथमिक सेयर आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्न लागेको हो।कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता शेयर निष्काशन गरेको थियो।

त्यसैगरी, कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १२ लाख १६ हजार ५६८ कित्ता, सामूहिक लगानी कोषका लागि ६ लाख ८ हजार २८४ कित्ता र कर्मचारीहरुका लागि ६ लाख ८ हजार २८४ कित्ता शेयर बाँडफाँट गरिसकेको छ।कम्पनीले अब दोस्रो चरणमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा थप गरी प्रतिसेयर २३७ रुपैयाँ ५८ पैसामा ९७ लाख ३२ हजार ५४४ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गर्न लागेको हो।

आईपीओमा कसरी आवेदन दिने कम्पनीले निष्काशन गरेको आइपीओमा असोज १७ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे निष्काशन अवधि असोज २८ गतेसम्म लम्बिनेछ।कम्पनीको आइपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।