Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

जलेश्वर–जनकपुर–ढल्केवर करिडोरको स्तरोन्नतिमा सरकार गम्भीरःप्रधानमन्त्री


जलेश्वर–जनकपुर–ढल्केवर करिडोरको स्तरोन्नतिमा सरकार गम्भीरःप्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्तरी जिल्लाको समग्र विकासका लागि आफूले निरन्तर पहल गर्दै आएको र आगामी दिनमा पनि त्यसलाई जारी राख्ने बताए ।

महोत्तरीका सांसद, स्थानीय जनप्रतिनिधि एवं उद्योग वाणिज्य सङ्घ र राजनीतिक दल सम्मिलित प्रतिनिधिमण्डलसँग आज बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्षको बजेटमा महोत्तरीलाई प्राथमिकतामा राख्ने आश्वासन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

जलेश्वर नगरको कार्यक्रममा सरकारको सहयोग रहने र जलेश्वर–जनकपुर–ढल्केवर करिडोरको स्तरोन्नतिलगायतका विषयमा आफूले ध्यान दिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सरकार सुशासनलाई केन्द्रमा राखेर देशको विकासमा निरन्तर लागिपरेको स्पष्ट पारे ।