Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सुनको भाउ उच्च, प्रतितोला ८०० रुपैयाँ बढ्यो


सुनको भाउ उच्च,  प्रतितोला ८०० रुपैयाँ बढ्यो

काठमाडौं । दुई दिन स्थीर रहेको सुनको भाउ आज उच्च भएको छ । बुधबार सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको हो । सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेर हालसम्मकै उच्च भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यसभन्दा अघि भदौ ५ गते बुधबार एक लाख ५३ हजार रुपैयाँको उचाईमा थियो । उक्त मूल्यलाई ब्रेक गर्दै आजको बजारमा सुनको मूल्यले ऐतिहासिक उचाई बनाएको हो । यसैगरी, चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ८५५ रुपैयाँमा खरिदबिक्री भईरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ८५० रुपैयाँमा किनबेच भएको थियो।